नदीमा हामफालेका ८४ बर्षीय वृद्धको सकुशल उद्धार

पोखरा न्यूज । नदीमा हामफालेका झापा बिर्तामोड नगरपालिका-३ का ८४ बर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

आज अपरान्ह सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोग लिएकाे थियाे ।

कोशीमा बगिरहेको अवस्थामा राजवंशीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको प्रहरीकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button