कतार बाहिर खोप लगाएका व्यक्ति क्वारेन्टाइन बस्नु नपर्ने

तिलु शर्मा पौडेल, दोहा कतार । कतार भन्दा बाहिर खोप लगाएको कुनै पनि खोपलाई मान्यता नदिएको कतारले आफनो नीति परिबर्तन गरेको छ l परिबर्तित नीति अनुसार कतार बाहिर रहदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाहरुलाई होटेल क्वारेन्टाइन बस्न नपर्ने भएको छ तर त्यसका लागि कतार सरकारले तोकेका मापदण्ड भने पालना गर्नु पर्नेछ l

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार क्वारेन्टाइन को छुट प्राप्त गर्न जोनसन खोपको पहिलो डोज लगाएको हुनुपर्ने र यो बाहेकका अन्य दुइ खोप लगाई सकेको हुनुपर्नेछ l तर खोप लगाएको १४ दिन पुगी सकेको हुनु पर्नेछ भने खोप लगाएको आधिकारी प्रमाण पेश गर्नु पर्नेछ l जसमा खोपको नाम र सिरियल नम्बर, कतार प्रबेश गर्नु अगाडी कोरोनाको नेगेटिभ पिसिआर रिपोर्ट पनि हुनु पर्नेछ l

खोप लगाएको मिति स्आपस्फट हुन्नो आवस्यक छ भने मोबाइलमा एतराज एप ग्रिन हुनु पर्नेछ l खोप लगाएको १४ दिन नपुगेको अबस्थामा क्वारेन्टाइन बस्नु पर्ने मन्त्रालयले जनाएको छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button