पोखरामा तीन सवारीसाधन ठक्कर खाँदा एक जनाको मृत्यु

पोखरा न्यूज । पोखरामा बिहीबार तीन सवारीसाधन ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा ३० शिशुवा चोकमा बेगनासबाट शिशुवातर्फ आउँदै गरेको ग१ज २२५८ नं को ट्याक्सीले ग१२प ४७०७ नं को स्कुटरलाई ठक्कर दिएपछि विपरीत दिशातर्फ जाँदै गरेको ग१त ४३०४ नं को ट्याक्टरमा ठक्कर खाँदा स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा ३१ भञ्ज्याङका ६५ वर्षीय सोमराज सापकोटा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक सिलवालका अनुसार बिहान ११:१० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक र ट्याक्सी चालकसहित तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button