आजको राशिफल : चैत २७ गते शुक्रबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–चैत्र–२७, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको ९, २०२१, चैत्रकृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः त्रयोदशी घ.प.५८ः१६ (२९ः६), नक्षत्रः शतभिषा पर पू.भा., योगः शुभ, करणः गर, आनन्दादी योग ः सौम्य

चन्द्रमाः कुम्भ, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ५ः४८

सूर्यास्तः १८ः२५

आजको राशिफल :

मेष. समग्रमा तपाईँको आजको दिन सुखद रूपमा बित्ने देखिन्छ । मन प्रफुल्ल हुनुका साथै आर्थिक कारोबारमा सफलता प्राप्ति हुनेछ । साथीभाइको सहयोग प्रशस्त मात्रामा मिल्ने सम्भावना रहेको छ । अध्ययन–अध्यापनमा मन जानुका साथै सफलता प्राप्ति हुनेछ ।

वृष. तपाईँको आजको दिन त्यति ठिकै रहेको छ । अनावश्यक खर्च र अपजस बेहोर्नुपर्ने भएकाले स्वभावतः मानसिक तनाव बढ्नेछ । बोलीमा विचार पु¥याउन नसक्दा अर्को समस्या निम्तने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ ।

मिथुन. समग्रमा तपाईँको आजको दिनमा मान सम्मान र पद प्रतिष्ठा बढ्ने योग देखिएको छ । नयाँ–नयाँ काममा अथवा व्यावसायिक क्षेत्रमा मन जानेछ । आफन्तले सहयोग गर्दा मन प्रफुल्ल हुनेछ भने स्वास्थ्यले पनि तपाईँलाई पूर्ण साथ दिने छ ।

कर्कट. आजको दिन तपाईँलाई कष्टकर हुने देखिन्छ । आजको दिनमा तनाव र समस्या सिर्जना हुने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना रहेकाले होसियारी अपनाउनुपर्ने हुन्छ । आफन्तको असहयोगले काम बिग्रने देखिन्छ ।

सिंह. तपाईँको लागि आजको दिन राम्रै रहेको छ भन्न सकिन्छ । आफन्त तथा साथीभाइको सहयोग मिल्नेछ भने पुराना साथीभाइहरू सँग भेटघाटको अवसर जुट्नेछ । अर्थ व्यवस्थापनमा सहजता र सहयोगीपनको भावना जागृत हुनेछ । समग्रमा तपाईँका लागि आजको दिन राम्रो रहेको छ ।

कन्या. तपाईँको लागि आजको दिन त्यति राम्रो मान्न सकिँदैन । झैझगडाको सम्भावना देखिएको छ । दुर्घटनाको पनि सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ । सबैको अपजसले गर्दा गरेका काम पनि बिग्रने देखिन्छ भने बोलीमा सजगता अपनाउनुपर्ने दिन रहेको छ ।

तुला. आजको दिनमा तपाईँका लागि रोजगारीको अवसर आउने समय रहेको छ । मिष्टान्न भोजनको योग देखिदा व्यापार व्यवसायबाट राम्रो हुने सम्भावना छ । गरेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ ।

वृश्चिक. आजको दिनमा तपाईँको आत्मबल बढेर जानेछ । गरेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि बढ्नेछ भने सामाजिक कार्यमा मन जानेछ । आफन्तबाट सहयोग मिल्नेछ । चारैतिरबाट प्रशंसा बटुल्ने समय रहेको छ ।

धनु. तपाईँको आजको दिन सन्तोषजनक देखिन्छ । पारिवारिक स्थितिमा सुधार आउँदा दिनचर्या भने सुखमय तवरले बित्नेछ । मान–सम्मान प्राप्त हुँदा रोजगारीको अवसरहरू सृजना हुने सम्भावना रहेको छ । अध्ययन–अध्यापनमा मन जानेछ ।

मकर. तपाईँको आजको दिन राम्रो देखिँदैन । पेटमा गडबडी हुने भएकाले स्वास्थ्यको मामलामा सावधानी अपनाउनुहोला । गरेका काममा समस्या मात्र सृजित हुने भएकाले अलि विवेक र होस पु¥याएर मात्र काम गर्नुपर्ने समय रहेको छ । आजको दिनमा सतर्कता अपनाउनुहोला ।

कुम्भ. तपाईँको आजको दिन राम्रो रहेको छ । व्यापार व्यवसाय तथा आर्थिक कारोबारले सफलता दिँदा खुसीपूर्वक दिन बित्ने देखिन्छ । नयाँ–नयाँ कामका अवसरहरू प्राप्त हुनेछ । मानसम्मानपूर्वक नै तपाईँको आजको दिन व्यतीत हुने समय रहेको छ । समग्रमा आज तपाईँको लागि राम्रो रहेको छ ।

मीन.आजको दिन तपाईँका लागि राम्रो रहेको छ । नसोचेको क्षेत्रबाट आर्थिक तथा धनार्जनको उपलब्धि हुने सम्भावना पनि उत्तिकै प्रबल रहेको छ । गरेका कार्यबाट जस प्राप्ति हुँदा सबैतिरबाट प्रशंसा पाइनेछ । स्वास्थ्यको साथ रहने हुँदा दैनिक कार्य सफलताका साथ सम्पन्न देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button