पर्वतमा घाँस काट्न निस्किएका युवक मृत फेला

पोखरा न्यूज । पर्वतको जलजला गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

घाँस काट्नका लागि घरबाट निस्किएका जलजला ७ का ३५ वर्षीय मकरबहादुर केसी शनिबार दिउँसो मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक पौडेलका अनुसार शनिबार बिहानै घाँस काट्न निस्किएका केसी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा फेला पारेका हुन् ।

गाउँदेखि केही दुरीमा पर्ने  सल्यानको जङ्गलमा आगलागी भएपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि थप खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घाँस काट्न जाने क्रममा भिरबाट लडेर २०० मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button