विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

पोखरा न्यूज । विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगर–११ ले वेस्ट बङ्गाललाई ३–० गोलले पराजित गरेको थियो । विराटनगरका लागि सुनिल खड्का दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गर्नुभएको थियो ।

विराटनगरले यही चैत ३० गते हुने सशस्त्र प्रहरी बल काठमाडौँ र नेपाल प्रहरी काठमाडौँको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच घोषण गरिएका सुनिल खड्कालाई नगद रु १० हजार प्रदान गरिएको छ । दोस्रो क्वार्टरफाइनल खेलअन्तर्गत आज साँझ ७ बजेदेखि शुरु हुने प्रतियोगितामा मच्छिन्द्र क्लब काठमाडौँ र भारतको पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button