पोखरामा बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

पोखरा न्यूज ।  बालिकालाई बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पन्ध्र वर्षीय नाबालिकालाई बलात्कार गरेको अभियोगमा धादिङ नीलकण्ठ -९ घर भई  पोखरा -४ गणेश टोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।

डिएसपी सुबास हमालका अनुसार घरमा कोही नभएको अवस्थामा डर त्रास र धम्की दिई जबरजस्ती बलात्कार गरेको भन्ने जाहेरीको आधारमा  श्रेष्ठलाई शनिबार गणेश टोलबाटै पक्राउ गरिएको हो ।

श्रेष्ठलाई जबरजस्ती करणी उद्योग मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button