आजको राशिफल : चैत ३० गते सोमबार

पोखरा न्यूज , वीरेन्द्र सापकोटा । आज मितिः २०७७–चैत्र–३०, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको १२, २०२१, चैत्रकृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः अमावास्या घ.प.४ः२३(७ः३०), नक्षत्रः रेवती, योगः वैधृति, करणः किस्तुघ्नः, आनन्दादी योग ः मातङ्ग

चन्द्रमाः मीन, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ५ः४५

सूर्यास्तः १८ः२६

आजको राशिफलः

मेष. तपाईँको लागि आजको दिन ठिकै रहेको छ । मन स्थिरता भने देखिँदैन । गरेका काममा भने दरिलो आँटका साथ गरेमा पूर्ण हुने छन् । आर्थिक कारोबारमा सफलता मिल्नेछैन ।

वृष. तपाइको आजको दिन राम्रो रहेको छ । सोच विचार गरेर गरेका काममा सफलताका साथै पूर्णता मिल्नेछ । मन प्रसन्न हुने भने स्वास्थ्यले पूर्ण साथ दिने देखिन्छ । कुरा काट्नेहरू प्रशस्त भेटिएता पनि तपाइको अगाडि चुप नै रहनेछन् ।

मिथुन. तपाइको आजको दिन त्यति राम्रो मान्न सकिँदैन । आर्थिक कारोबारमा असफलता हात लाग्नेछ भने मनमा चञ्चलतापनले सताउनेछ । काममा बाधा व्यवधान आउँदा आफन्तसँग झैझगडाको अवस्था सृजना हुनेछ ।

कर्कट. तपाइको आजको दिनमा उन्नति प्रगतिका साथै मान–सम्मान र इज्जत प्राप्त गर्ने अवसर आउनेछ । नयाँ–नयाँ आर्थिक कारोबारमा हात हाल्ने मन जाग्दा साथीभाइको सहयोग मिल्नेछ । समग्रमा दैनिकी सफलताका साथ व्यतीत हुनेछ ।

सिंह. तपाइको आजको दिन ठिकै तवरले बित्नेछ । आफन्तसँग झैझगडाको सम्भावना रहेकाले बोलीमा विचार पु¥याउनुपर्ने हुन्छ । आज तपाइलाई दुर्घटना तथा चोटपटकको सम्भावना रहेकोले सतर्कता अपनाउनु नै बुद्धिमत्तापूर्ण कार्य हुनेछ ।

कन्या. आजको दिनमा तपाइले मान सम्मान प्राप्त गर्ने सम्भावना रहेको छ । काममा सफलता मिल्दा नयाँ–नयाँ काममा मन जानेछ । इष्टमित्र तथा साथीभाइको सहयोगले काममा सफलता मिल्नेछ ।

तुला.स्वास्थ्यमा समस्या आउँदा भइसकेका काममा अवरोध हुन सक्ने सम्भावना देखिन्छ । मनमा अनेकानेक शङ्का उपशङ्काले घेर्नेछ । आफ्नाले धोका दिँदा मन टुट्नेछ । गरेको कार्यमा व्यवधान ल्याउन नजिकका व्यक्तिहरू सक्रिय हुनेछन् ।

वृश्चिक तपाईँको आजको दिन सुखद पूर्वक नै बित्ने देखिन्छ । मन खुसी हुनेछ । आर्थिक कारोबारमा नसोचेका सफलता प्राप्ति हुँदा आत्मबल भने दरिलो भएर जानेछ । वाहनादिले फाइदा पु¥याउने देखिन्छ ।

धनु. तपाईँको आजको दिन उधारो नगद उठ्नेछ । शत्रुहरूले पनि मित्रताको भावना जागृत गराउनेछन् । बिग्रिसकेको काममा नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिँदा अधुरा काममा पूर्णता हुने सङ्केत पनि उत्तिकै रहेको छ ।

मकर. बेरोजगार भए रोजगार र रोजगारी भए पद प्रतिष्ठामा वृद्धि हुने योग आजको दिनमा रहेको छ । जसको सुरुवात तपाइ स्वयंले गर्नुपर्ने हुन्छ । शत्रु पराजित हुनेछन् । थोरै विचार र बुद्धिको प्रयोग भएमा कार्य सफलताको बाटोमा जानेछ ।

कुम्भ. तपाईँको आजको दिन मध्यम पारामा बित्ने देखिन्छ । जोस जाँगरमा कमीपन आउनेछ भने हातमा आएका काम पनि आलस्यताका कारण फुत्कने सम्भावना छ । आफन्त तथा साथीभाइसँग झगडाको सम्भावना पनि उत्तिकै देखिन्छ ।

मीन. तपाईँको आजको दिन आनन्दले बित्ने देखिन्छ । घर तथा समाजमा आज तपाईँको प्रशंसा हुनेछ भने मान सम्मान र रोजगारीको क्षेत्रमा पद प्रतिष्ठा बढेर जानेछ । आर्थिक कारोबारमा पनि सफलता हात लाग्नेछ ।

सम्पर्क९८५६०३१४८६

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button