एनआरएनए ग्लोबल सिङ्गीङ आइडलको तयारी तीव्र

तिलु शर्मा पौडेल, दोहा कतार । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा विभागले  ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेसन – २०२१’ पहिलो संस्करणको आयोजना गर्ने भएको छ । संस्करणमा सहभागी हुन डिजिटल अडिसनबाट भिडियो पठाउने मिति ३० अप्रिलसम्म बढाइएको एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीले जानकारी दिनुभएकाे छ ।

आइडलको तयारी अन्तिम चरणमा पुगे पनि सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति ७ दिन थप गर्दै पुरस्कार राशी पनि बढाएर ७ लाख रुपैयाँ बनाइएकाे छ। त्यसैगरी दोस्रो पुरस्कार चार लाख, तेस्रो पुरस्कार दुई लाख , चौथो पुरस्कार एक लाख र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई एल्बममा गाउने अवसर प्रदान गरिने आयोजकले जनाएको छ । आइडलको निर्णायकहरूमा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।

यस्तो छ सहभागी हुने प्रक्रिया

कार्यक्रम ३ चरणमा हुने भएको छ । पहिलो डिजिटल राउन्ड हुने भएको छ । डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा २ मिनेटसम्मको भिडियो आ–आफ्नो देशमा रहेको राष्ट्रिय समन्वय परिषद र आयोजक कमिटीलाई पनि सिसी गरी इमेल पठाउनु पर्नेछ। डिजिटल अडिसन पश्चात् ओपनिङ राउन्ड मे १४ र १५ मा हुने छ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न गर्ने कार्य तालिका रहेको छ ।

प्रत्येक राष्ट्रिय समन्वय समितिले उक्त भिडियो क्षेत्रीय समितिलाई छनौटका लागि पठाउने छन् । प्रत्येक क्षेत्रीय समितिले छनौट गरी कम्तीमा १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिट मा ३० अप्रिलसम्ममा पठाउनु पर्नेछ।

डिजिटल अडिसनबाट ३७ जना प्रतियोगी छनौट गरी दोस्रो चरण अर्थात् ओपनिङ राउन्डमा लगिने छ । ओपनिङ राउन्डलाई ३ चरणमा बाँडिने र डिजिटल राउन्डबाट छनौट भएर यस राउन्डमा प्रवेश गरेका ३७ जना प्रतियोगीमध्ये अन्तरा राउन्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले ओपनिङ राउन्डको सारेगम राउन्डमा प्रवेश पाउने भएका छन् ।

ओपनिङ राउन्डको सारेगम राउन्डबाट थप १२ जना प्रतियोगी बाहिरिने र बाँकी १३ जना प्रतियोगीले पियानो राउन्डमा प्रवेश पाउनेभएका छन । ती सबै प्रतियोगी स्वतः फाइनल राउन्डमा सहभागी हुन पाउने भएका छन् । फाइनल राउन्डलाई ३ चरणमा विभाजित गरिने छ । जसमा ओपनिङ राउन्डको पियानो राउन्डमा प्रवेश गरेका १३ जना प्रतियोगी मध्ये पहिलो चरणबाट ४ जना प्रतियोगीहरू बाहिरिने छन्। ९ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणबाट थप ४ जना प्रतियोगी बाहिरिने र अन्तिममा ५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउनेछ ।

‘प्रतियोगीले ग्राण्ड फिनालेमा १–१ वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा १ जना प्रतियोगी बाहिरिने र ४ जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ तर निर्णायकको निर्णय नै अन्तिम मान्न सकिने अवस्था नरहेको हुदॉ पब्लिक भोटिङ तथा अनलाइन भोटिङको समेत व्यवस्था गरिएको मुख्य सहयोगी प्रवीण गुरुङले जानकारी दिनुभएकाे छ । कतार होष्ट कन्ट्रीको रुपमा रहेको छ । घर बिदामा गएका बाहेक नेपालमा रहनेले यस प्रतियोगीतामा भाग लिन पाइने छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button