मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको पोखरामा उपचारको क्रममा मृत्यु

पोखरा न्यूज । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँको म्याग्दे ४ ठाँटीटारमा आइतबार मोटरसाइकलबाट खसेर घाइते भएकी म्याग्दे -६ छबिसे की ५५ वर्षीया सानुमाया सार्कीको फेवा सिटी हस्पिटल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गमा तनहुँ थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ को पछाडि सवार सानुमाया आइतबार साँझपख ५:४० बजे मोटरसाइकलबाट खसेर घाइते हुनुभएको थियो ।

उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button