आजको राशिफल : चैत ३१ गते मंगलबार

पोखरा न्यूज , वीरेन्द्र सापकोटा । आज मितिः २०७७–चैत्र–३१, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको १३, २०२१, चैत्र शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः प्रतिपदा घ.प.८ः५३(९ः१७), नक्षत्रः अश्विनी, योगः विष कुम्भ, करणः वालव, आनन्दादी योग ः अमृत

चन्द्रमाः मेष, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ५ः४४

सूर्यास्तः १८ः२७

आजको राशिफलः

मेष. तपाईँको आजको दिन उत्कृष्ट पूर्वक बित्ने समय देखिएको छ । मान–सम्मान र पद प्रतिष्ठाको योगको प्रबल पनि उत्तिकै रहेको छ । समय तपाईँको पक्षमा देखिएकाले आनन्दपूर्वक काम आँटेर गर्नुभएमा पूर्ण हुनेछ

वृष. तपाईँको आजको दिन राम्रै रहेको छ । विचार गरेर काम गरेको खण्डमा सबैको साथ र सहयोग प्राप्त गर्ने अवसर आएको छ । बोलीमा भने विचार पु¥याउनुपर्नेछ । सुखद यात्राको अवसर आउनेछ ।

मिथुन. शुभ समय रहेकाले आजको दिनलाई सफलतापूर्वक बिताउने अवसर रहेको छ । हतारिएर भन्दा पनि आनन्दले गरेका कामले औपचारिकतामै पूर्णता पाउने देखिन्छ । श्रीमान्–श्रीमतीबिचको प्रेमालाप बढेर जानेछ ।

कर्कट. तपाईँको आजको दिन राम्रो छैन । नयाँ काममा आँट नगर्दा नै राम्रो देखिन्छ । झैझगडाको सम्भावना भएकाले सचेतता अपनाउनुपर्ने हुन्छ । आफन्तबाट धोका मिल्नेछ । मन भने द्विविधामा फस्नेछ ।

सिंह. तपाईँको आजको दिन सुखपूर्वक नै व्यतीत हुने देखिन्छ । आजको काममा मन पनि जानेछ केही आलस्यतापनको महसुस पनि हुनेछ । आर्थिक कारोबारमा तपाइको हातबाट नगर्दा नै बेस हुनेछ ।

कन्या. तपाईँको आजको दिनमा कष्टकरता आइपर्ने सम्भावना रहेको छ । क्रोधले गर्दा काममा समेत बाधा अवरोध आउनेछ । इष्टमित्रको साथ नपाउँदा मन दोधारको अवस्थामा सृजित हुनेछ । आर्थिक कारोबार त फस्नेछ ।

तुला. तपाईँको आजको दिन पुरानो रकम हाता पर्नेछ । सबैबाट मित्रताको भावना जागृत हुने अवसर मिल्नेछ । बिग्रिसकेको काममा नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिनेछ भने अधुरा काममा सफलता प्राप्ति हुनेछ ।

वृश्चिक. तपाईँको आजको दिन त्यति राम्रो मान्न सकिँदैन । आँटेका काममा आफन्तको सहयोग नआउँदा बाधा तथा अवरोध आउने छन् । आर्थिक कारोबारमा होसियारी नपु¥याए अरूले डुबाइदिने सम्भावना पनि उत्तिकै रहेको छ ।

धनु. तपाईँको लागि आजको दिन राम्रो रहेको छ । यात्राका क्रममा मान सम्मान मिल्नेछ भने मिष्टान्न भोजनको अवसर प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल हुँदा आजको दिनमा तपाईँले गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

मकर. व्यापार व्यवसायबाट मनग्य आम्दानी हुने देखिन्छ । शिक्षाको क्षेत्रमा सोचे जति सफलता प्राप्ति हुनेछ । रोजगारका अवसरहरू जुट्नेछन् । सबैको सहयोगले तपाईँको हौसला बढ्ने देखिन्छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । कृषि कार्यले साथ दिनेछ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतहरू खुलेका छन् । अध्ययनमा मन जानेछ ।

मीन. आज तपाईँलाई वाहन तथा साधनबाट धोका हुनेछ । नशा तथा चिसोको रोगबाट ग्रसित हुने सम्भावना पनि उत्तिकै देखिएको छ । मित्र तथा साथीभाइबाट धोका हुनसक्ने सम्भावना भएकाले सचेत हुनुहोला । मनमा अनावश्यक सोचाइ आउनेछ ।

सम्पर्क९८५६०३१४८६

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button