मोवाइल चार्ज गर्दा करेन्ट लागेर युवतीकाे मृत्यु

पोखरा न्यूज । घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी एक युवतीकाे साेमबार उदयपुरमा   मृत्यु भएकाे छ।

नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार उदयपुर जिल्लाकाे कटारी नगरपालिका ४ सिम्ले बस्ने ३९ बर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागे मृत्यु भएको हाे ।

सोमबार बेलुका साढे ५ बजे घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button