पोखरामा ३० सहित गण्डकीमा थप ३३ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशको राजधानी पोखरामा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र लाइफकेयर एण्ड डाइनोष्टिक प्रालि न्युरोडमा गरिएको परिक्षणमा पोखरा महानगरपालिका विभिन्न वडामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा १२ जना महिला र १८ जना पुरुषगरी थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुर पूर्वमा दूई जना महिला र एक पुरुष गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६हजार ९ सय ६६ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म १६ हजार ३ सय ७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । हालसम्म प्रदेशभर २ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button