कास्की जिल्ला अदालतमा शुभकामना आदानप्रदान कार्यक्रम

पोखरा न्यूज सम्वाददाता । कास्की जिल्ला अदालतको आयोजनामा मंगलबार नयाँवर्ष २०७८ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । सो कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोना कहरका कारण वर्ष २०७७ सुखद हुन नसकेपनि वर्ष २०७८ सुखद बनोस् भन्ने कामना गर्नुभएको थियो । कोरोना कहरको त्रास अझ बाँकी भएपनि सचेतका साथ उपाय अपनाउदै दैनिक कार्यसञ्चालन गर्नुपर्नेमा उहाँहरुको जोड थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा.राजेन्द्र घिमिरेले नववर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । २०७७ साल नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा सुखद हुन नसकेपनि वर्ष २०७८ सुखन बन्ने उहाँका विश्वास थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बराल, मानव विकास तथा सामुदायिक सेवाका संस्थापक अध्यक्ष डा.तीर्थबहादुर थापा, उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्याधिवक्ता ईश्वरीप्रसाद ढकाल, नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगर, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष नारायणप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारी, कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालले बोल्नुभएको थियो । उहाँहरु सबैले अदालतले प्रदान गर्ने सेवाप्रवाहलाई थपप्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिुनभयो ।

कास्की जिल्ला अदालतका स्रेस्तेदार दीपेन्द्रनाथ योगीले शब्दद्धारा र अदालतका कर्मचारी इमनाथ पौडेलले कविता मार्फत नयाँवर्षलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन अदालतका कर्मचारी रेशम गिरीले गर्नुभएको थियो ।

यसैगरी कास्की जिल्ला अदालतबाट काज सरुवा भई कपिलवस्तु जिल्ला अदालतमा जान लाग्नुभएका जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको विदाई समेत गरियो । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाको चैत्र २५ गते भएको निर्वाचन मार्फत निर्वाचित अध्यक्ष विमला भण्डारी सहित उहाँको कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना सहित बधाइ ज्ञापन गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button