प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

पोखरा न्यूज । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाको निर्माणकार्यले तीव्रता पाएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको सामूहिक प्रयासका कारण निर्माणकार्यले तीव्रता पाएको हो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा र प्रदेशसभा सदस्य कृष्णबहादुर थापाबाट संयुक्तरूपमा सञ्चालित रु दुई करोडका विभिन्न २४ वटा योजनामध्ये ५० प्रतिशतको निर्माण सम्पन्न भइसकेको छ भने अन्य योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका ७, १५, १७, २१ र ३३ गरी कूल पाँचवटा वडा रहेको उक्त निर्वाचन क्षेत्रअन्तर्गत सबैभन्दा बढी सडक निर्माणमा रु ८७ लाख, सिँचाइतर्पm रु २५ लाख, भवन निर्माणमा रु ३० लाख, उद्यान निर्माणमा रु १८ लाख र बाँकी विभिन्न विद्यालय एवं सामुदायिक भवनमा शौचालय निर्माण, सुरक्षाका लागि तारजालीलगायतका योजना छनोट गरी रकम विनियोजन गरिएको थियो ।

उपसभामुख शर्मा, प्रदेशसभा सदस्य थापा, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको एक टोलीले उक्त निर्माणकार्यको स्थलगत निरीक्षण गरेको गरेको थियो । टोलीले पोखरा–७ स्थित सुन्दरमार्ग बाटो ढलान तथा ढल निर्माण, घारीपाटन बाटो निर्माण, गहते उद्यान तारबार, श्रीकृष्ण माविमा भौतिक निर्माण, पोखरा–१५ एसओएस बालग्राम बहुउद्देश्यीय भवन निर्माण, शिव मन्दिरबाठ होटल फूलबारी जाने बाटोको निरीक्षण गरेको हो ।

त्यसैगरी वडा नं १७ स्थित फेवाताल किनारास्थित ड्यामसाइड उद्यान फेवाताल छेउ तारबारसहित फुटट्र्याक, ढुङ्गेसाँघु सीतापाइला आमा समूह भवन, पोखरा–२१ र ३३ का प्राथमिक स्वास्थ्यचौकी कृष्ति, सङ्गमचोक महबारी ढलान बाटो, जिब्रेढुङ्गा र मालागिरि सामुदायिक भवनलगायत १३ वटा योजनाको स्थलगत निरीक्षण गरी विकास निर्माणका बारेमा जानकारी लिएको हो ।

निरीक्षणपश्चात उपसभामुख शर्माले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको सानो रकमले विकास निर्माणमा स्थानीय बासिन्दालाई उत्साहित तुल्याएको धारणा राख्नुभयो । टोल, छिमेकका आवश्यकता पहिचान गरी छनोट गरिएका योजना बढी उपयोगी एवं प्रभावकारी हुने उहाँको विश्वास छ । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले कार्यक्रमको रु दुई करोडले स्थानीय सहभागितामा रु पाँच करोडभन्दा बढीको विकास निर्माण भइरहेको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button