विष्णुमती सफाइ अभियान शुरु

पोखरा न्यूज सम्वाददाता । नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमती नदी सफाइ अभियान शुरु गरिएको छ ।  बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमती नदी सफाइ अभियान शुरु गरिएको हो । विष्णुमती सफाइ अभियानको आयोजनामा बुधबार बिहान विष्णुमती नदीको शोभा भगवति क्षेत्रबाट सफाइ अभियान प्रारम्भ गरिएको छ ।

विष्णुमती नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतिसँग जोडिएको भएपनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमती नदी सफाइ अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताउनुभयो ।

विष्णुमती सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उहाँले जानकारी दिनुभयो । आगामी दिनमा अझै बढी समय दिइने पनि उहाँको भनाइ छ । विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमती सफाइ अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button