देवघाटमा स्नान गर्नेको भीड

पोखरा न्यूज । पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलवपुर क्षेत्रका स्थानीयवासी स्नान गर्न बढी आएका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार नयाँ वर्षको दिन स्नान गर्ने तीर्थालुहरु आउने गर्दछन् । बिहान सबेरैदेखि तीर्थालु स्नानका लागि आएको उहाँले जानकारी दिनुभयो । गत वर्ष कोरोना सङ्क्रमणका कारण भक्तजनलाई स्नानका लागि रोक लगाइएको थियो । यस वर्ष ४० हजारभन्दा बढी स्नानका लागि आउने अनुमान गरिएको उहाँले बताउनुभयो ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्ने गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button