पोखरा २२ मा चार कराेड लागतमा बनेको मोटरेबल पुल उद्घाटन

पोखरा न्यूज । पोखरा महानगरपालिका वडा नं २२ चिसापानीस्थित फुर्सेखोलामा निर्माण गरिएको फुर्सेखोला चिसापानी मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएकाे छ ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले आफ्नै बजेटबाट बनाउन सबैभन्दा पहिला शिलान्यास गरेको पुलको सोचेभन्दा छिटो निर्माण सम्पन्न भएकोबताउनु भयाे । प्रदेश सरकारले बाटो, पुल, खानेपानी, सिंचाई, कृषि लगाएतका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएको तर श्रोत प्रयाप्त नहुदाँ सबै काम एकै पटक गर्न नसकिएको बताउनुभएकाे हाे ।

गण्डकी प्रदेश भौतिक योजना मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार समग्र बिकास निर्माणका काममा लागेकोले बाटो, पुल, खानेपानी लगाएतका योजनाहरु सिलन्यासभन्दा धेरै उद्घाटन गरिरहेको बताउनु भयाे । उक्त क्षेत्रमा पक्की पुल निर्माण भएकोले अब बाटो बनाउन पनि सरकार तिब्रताकासाथ लाग्ने उहाँकाे भनाइ छ ।

प्रदेश सांसद राजिब पहारीले प्रदेश सरकारले बिकास निर्माणका काममा बढि ध्यान दिएकोले दशौ बर्ष निर्माण हुन नसकेको काम ३ बर्ष पूरा गरेको बताउँदै ३ करोड ९८ लाखको लागतमा सो मोटरेबल पुल निर्माण भएको जानकारी दिनुभयाे ।

सांसद पहारीले दुई बर्षभित्र काम सम्पन्न गरेकोमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई धन्यवाद समेत दिनु भएकाे छ । साथै उहाँले उक्त बाटो सिद्धार्थ राजमार्गको बैकल्पिकको रुपमा पनि प्रयोग गर्न सकिने भएकोले बाटोसंगै ग्रामीण भेगको बिकास तिब्रताका साथ हुने बिश्वास व्यक्त गर्नु भयाे ।

पोखरा २२ का वडाअध्यक्ष मित्रलाल बरालले वडाको सबैभन्दा ठूलो समस्या पुल भएको र अब पुल निर्माण पछि कृषि ब्यबसायको उन्नति हुने बताउनु भयाे । उहाँले उक्त पुलले स्याङ्जा जिल्ला जोड्ने बताउँदै बाटोको स्तर उन्नति गर्नुपर्ने पनि धारणा सार्वजनिक गर्नुभयाे ।

पुल निर्माणको जिम्मा सिम्रन कन्स्ट्रक्सनल जेभी कम्पनीले लिएको थियोे । पुलको लम्बाइ ३८ र चौडाई ७ मिटर रहेको कम्पनीका प्रोप्राइटर बलबहादुर रानाले बताउनु भयाे । सो अबसरमा बाटो तथा पुल निर्माणको लागि जग्गा दाताहरु टिकाराम बराल, सनत कुमार श्रेष्ठ, अजय गुरुङ तथा पुल निर्माणमा सहयोग गर्ने स्थानीय बासिन्दाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

फुर्सेखोला चिसापानी मोटरेबल पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मीन बहादुर बास्तोला, केशब पौडेल लगाएतले पोखराको कुनो भएकोले उक्त क्षेत्र बिकासमा पछि परेको बताउँदै छिटोभन्दा छिटो बाटो पिच गर्नुपर्ने माग राख्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button