प्रदेशप्रमुख प्रसाईँको नयाँ वर्षको शुभकामना

पोखरा न्यूज । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्ष २०७८ ले विगतमा हासिल गरेका उपलब्धिलाई समयानुकूल सुदृढीकरण गर्दै मुलुक सुशासन र समृद्धिको मार्गमा उन्मुख रही ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा होस् भन्ने उल्लेख गर्नुभएको छ ।

गतवर्ष जस्तै यसवर्ष पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले सचेत रहेर काम गर्नका लागि उहाँले सबैमा आग्रह गर्नुभयो । साथै दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गर्न नयाँ वर्ष सफल बन्न सकोस् भन्ने पनि उहाँले कामना गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button