पोखरामा सम्पन्न मेयर साइकल दौडको उपाधि वालिङका मेयरलाई

अनिता घिमिरे, पोखरा न्यूज । पोखरामा सम्पन्न पाँच किलोमिटर दुरीको मेयर साइकल दौड प्रतियोगिताको उपाधि मेयर दिलीप विक्रम खाँडले जित्नुभएको छ।

नयाँ वर्ष २०७८ को अवसरमा पोखरा महानगरपालिकाले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा देशभरबाट सहभागी मेयरहरूलाई पछि पार्दै स्याङ्जाको वालिङ नगरपालिकाका मेयर खाँडले उपाधि हात पार्नुभएको हो ।

पोखराको फेवाताल किनार हल्लनचोकबाट शुरु भएको दौड खाँडले १५ मिनेट ३१ सेकेन्डमा पुरा गर्नुभएको हो । उपाधि विजेता खाँडले दोसल्लाको साथमा १० तोला चाँदीको मेडल र सम्मान पत्र प्राप्त गर्नुभयो।

त्यस्तै १५ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै हुम्ला जिल्ला नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले दोस्रो स्थान हासिल गर्नुभयो । उहाँले दोसल्लाको साथमा सात तोलाको चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

त्यसै गरी कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ तेस्रो हुन् सफल हुनुभयो । उहाँले १६ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पार गदै दोसल्लाको आठमा पाँच तोलाको चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगितामा विभिन्न नगरपालिका र गाउँपालिका प्रमुख गरी ९ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागीहरूलाई मेडल प्रदान गरिएको थियो ।

यसैबिच मगंलबारदेखि पोखरामा शुरु भएको राष्ट्रिय मेयर सम्मेलन सम्पन्न भएको छ । मेयर सम्मेलन ४ वर्षमा भए गरेका कामको समीक्षा गर्दै आगामी कार्यदिशा पहिल्याउन फलदायी रहेको सहभागीले बताएका छन् । भेलामा सहभागी विभिन्न पालिकाका प्रमुखहरूले संघ र प्रदेशले आफूहरूलाई सहयोग नगर्दा सोचे जति काम गर्न नसकेको गुनासो गरे ।

नेपाली नयाँ वर्षको अवसरमा स्थानीय सरकारका प्रमुखहरूलाई एकै ठाउँमा जम्मा गरेर अनुभव आदान प्रदानसँगै वातावरणमैत्री विकासलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताउनुभयो । सम्मेलनले पोखरा घोषणापत्र समेत जारी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button