बागलुङमा तन्नामा बेरिएको अवस्थामा युवक मृत फेला

पोखरा न्यूज । बागलुङमा बुधबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

बागलुङको ढोरपाटन नगरपालिका-२ सल्लेपानी सामुदायिक बन नजिकै खोलामा अन्दाजी ३४/३५ वर्षको युवक मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार जस्ती खोलाको उत्तर तर्फको किनारामा तन्नामा बेरिएको अवस्थामा पहिचान नखुलेका युवक शव फेला परेको हो।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button