तनहुँमा गुडिरहेको बसमा बिजुलीको तारले छुँदा करेन्ट लागेर यात्रु घाइते

पोखरा न्यूज । तनहुँमा गुडिरहेको बसलाई बाटोमा लत्रिएको बिजुलीको तारले छुँदा एक यात्रु घाइते भएकी छन् ।

तनहुँ भानु नगरपालिका -५ नाब्रुङमा दमौलीतर्फ आउँदै गरेको ना ३ ख ७८२८ नं. को बसलाई बिजुलीको तारले छुँदा करेन्ट लागेर स्थानीय १७ वर्षीय बालिका पूजा अछामी घाइते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार घाइते बालिकाको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button