पोखरामा ठुलो मात्रामा गाँजासहित युवक पक्राउ

पोखरा न्यूज । पोखरामा ठुलो मात्रामा गाँजासहित एक युवक पक्राउ परेका छन् ।

पोखरा -३० पावर हाउसबाट छ किलोग्राम लागूऔषध गाँजासहित धादिङ गल्छी गाउँपालिका ८ गोगनपानीका २२ वर्षीय सानु कान्छा तामाङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।

तामाङलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मंगलबार राति ९:५० बजेको समयमा पक्राउ गरेको डिएसपी हमालले बताउनुभयो ।

तामाङलाई पक्राउ पश्चात् लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button