माओबादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

अनिता घिमिरे । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओबादी केन्द्रले प्रदेशका सभामुखलाई जानकारी दिएको छ ।

माओबादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गुरुङ नेतृत्वको प्रदेश सरकारलाई पार्टीको समर्थन रहँदै आएकोमा सहमति एकपक्षीय रुपमा उल्लंघन गर्नुभएकोले आजैका मितिबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको छ ।

समर्थन फिर्ता लिएको पत्र आज दिउँसो १ बजेर २५ मिनेटमा सभामुख समक्ष पेश गरिएको थियो । आजै माओबादी केन्द्र सहितका अन्य विपक्षी पार्टीहरुले २८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित सरकारका विरुद्ध अविश्वासको प्रस्ताव समेत पेश गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button