नामिबियालाई कोभाक्सबाट खोप उपलब्ध

पोखरा न्यूज । अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ ।
विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्समार्फत पहिलो चरणमा नामिबियालाई २४ हजार डोज दिइएको छ ।
नामिबियाका स्वास्थ्य तथा समाजसेवा मन्त्री कालुम्बी शाङ्गुलाले अस्ट्राजेनिकाको उक्त खोप देशका विभिन्न भागमा पठाइने बताउनुभयो ।

नामिबियामा हालसम्म तीन हजार ५८७ जनाले खोप लिएका छन् । करिब २५ लाख जनसंख्या रहेको नामिबियाले आफ्नो कूल जनसंख्याको कम्तीमा ६० प्रतिशतलाई खोप दिने तयारी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button