पोखरामा एकैदिन १० वालबालिकासहित ८५ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा पछिल्लो २४ घन्टामा १० वालबालिकासहित थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार पोखरामहानगरका २६ वटा वडाका ४८  पुरुष र ३७ महिला गरि थप ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमध्ये ४ वर्ष देखि १६ वर्ष उमेरसमुहका १० बालबालिकामा संक्रमण देखिएको छ ।

शुक्रबार संक्रमण पुष्टि हुनेहरुमा वडा न. २ का २ पुरुष तथा १ महिला, ३ का १ पुरुष तथा १ महिला, ४ मा २ पुरुष तथा २ महिला, ५ मा २ पुरुष तथा ४ महिला, ६ मा २ पुरुष तथा १ महिला, ७ का १ पुरुष , ८ का ४ पुरुष तथा २ महिला, ९ मा २ पुरुष तथा ३ महिला, १० मा २ पुरुष, ११ का २ महिला , १२ का ९ पुरुष तथा ५ महिला, १४ का १ पुरुष तथा २ महिला र १५ का १ महिला रहेको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं. १६ का १ पुरुष तथा १ महिला, १७ का १ पुरुष तथा २ महिला, 18 कि १ महिला, १९ का ५ पुरुष तथा ४ महिला, २० का १ पुरुष, २२ का १ पुरुष, २५ का ५ पुरुष तथा ३ महिला, २६ मा १ पुरुष तथा १ महिला, २७ का  १ पुरुष, २८ का १ पुरुष, २९ का १ पुरुष, ३० का १ पुरुष र ३३ का १ पुरुष तथा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको  डा.  शर्माले बताउनुभयो ।

शुक्रबार नै बागलुङको बागलुङ नगरपालिकाका ५ पुरुष तथा ५ महिला, म्याग्दीका मंगला गाउँपालिकाकि १ महिला, तनहुँ शुक्लागण्डकीका १ पुरुष तथा १ महिला, स्याङ्जाको वालिङका ४ पुरुष तथा १ महिला, पर्वतको जलजला की १ महिला, नवलपुर  देबचुलिका १ पुरुष, कावासोतीका १ पुरुष तथा १ महिला र गोरखाको चुनलुम्बोकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको डा.  शर्माले जनाउनुभयो ।

शक्रबार गण्डकी प्रदेशमा थप  १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७२ जना निको भएसँगै प्रदेशमा १६ हजार चार सय १५ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा कोरोनाका कारण २०७ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button