बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

पोखरा न्यूज । सुनसरी जिल्लाकाे बराहक्षेत्र नगरपालिका ४ धनपुरी नयापुलका ५७ बर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ ।

आज दिउसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्का तर्फ गइरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

बस र चालक बराहक्षेत्र ५ का ४६ बर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको सो कार्यालय जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button