कृष्ण सुवेदीको निर्देशनमा ‘धोका’ तयार (भिडियोसहित)

पोखरा न्यूज । गायक कृष्ण सुवेदी र गायिका सुनिता नेपालीको आवाज रहेको ‘धोका’ गीत सार्वजनिक भएको छ । गीतको लय तथा शब्द सिर्जना समेत गायक सुवेदीकै हो । तारानाथ आचार्यले एरेन्ज गरेको गीतलाई खड्क बाजुरालीले मिक्सिङ गर्नुभएको छ । मालश्री काठमाण्डौं र डिजिटल स्टार पोखरामा गीत रेकर्ड भएको हो ।

२०६३ सालबाट औपचारिक साङ्गीतिक यात्रा सुरु गर्नुभएका सुवेदी पछिल्लो समय गायन, शब्द लय सिर्जनासँगै निर्देशन र अभिनयमा समेत उतिकै सक्रिय हुनुहुन्छ । ‘धोका’ गीतको भिडियो समेत सुवेदीको निर्देशनमा तयार भएको छ । प्रेममा धोका खाएको प्रसङ्गमा तयार भएको भिडियो कृष्ण सुवेदी युट्युब च्यानलबाट सार्वजनिक भएको हो । भिडियोलाई आकर्षक बनाउन सुवेदीले मेहनत गर्नुभएको छ ।

‘थोरै मात्र प्रेममा सफल हुन्छन्, धेरै त असफल हुन्छन्’ भन्ने विषयवस्तुलाई गीत र भिडियोमा समेटिएको छ । भिडियोमा लोमश शर्मा र सुनिता नेपालीको मुख्य अभिनय हेर्न पाइन्छ । फलानो क्रियशनमा पोष्ट प्रोडक्सन भएको भिडियोको छायांकन गणेश सापकोटाले गर्नुभएको हो । सुवास अम्गाईको सम्पादन तथा रङ्ग संयोजनमा भिडियो आकर्षक बनेको छ । भिडियो सुनिता नेपालीको प्रस्तुतिमा तयार भएको हो ।

गीत सुनेर तथा भिडियो हेरेर प्रतिक्रिया दिन दर्शक श्रोता समक्ष निर्देशक तथा गायक सुवेदी एवं गायिका नेपालीको आग्रह छ । रेडियो अन्नपूर्ण पोखरामा कार्यरत सञ्चारकर्मी समेत रहनुभएका सुवेदीले निरन्तर साङ्गीतिक क्षेत्रमा क्रियाशील बन्ने योजना बनाएर काम गरिरहनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button