पोखराका ६० सहित गण्डकीमा आइतबार ८१ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा आज थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार कास्कीको पोखरा महानगरमा ६० जना, माछापुुच्छ्रे गाँउपालिकाका  १ जना, तनहुँका २ जना, स्याङ्जाका ५ जना, पर्वतका २ जना, नवलपुरका १ जना र  बागलुङका  १० जनामा  कोरोना भाइरसको संक्रमण देखिएको गण्डकी  स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा  कास्कीको पोखरा महानगरपालिकाको वडा नं १ का १  महिला,  २ का १ जना महिला र १ जना पुरुष,  ३ का २ जना महिला र १ जना पुरुष, ४ का १ जना महिला र १ जना पुरुष,  ५ का  ३ जना महिला र २ जना पुरुष, ६ का १ जना महिला र ३ जना पुरुष, ७ का १ जना पुरुष,  ८ की १ जना महिला र ३ जना पुरुष तथा वडा नं ९ का  २ जना महिला र २ जना पुरुष  रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी पोखराको वडा नं १० मा १ जना महिला र १ जना पुरुष, वडा नं ११ मा १ जना महिला र २ जना पुरुष, वडा न १२ मा २ जना महिला र ३ जना पुरुष, वडा नं १४ मा २ जना महिला र २ जना पुरुष, वडा नं १५ मा २ जना महिला र १ जना पुरुष, वडा नं १६ मा १ जना महिला र १ जना पुरुष, वडा न‌ १७ मा ५ जना पुरुष, वडा नं २५ मा ३ जना महिला, वडा नं २६ मा १ जना महिला, वडा नं २७ मा १ जना महिला र १ जना पुरुष, वडा नं २८ मा १ जना पुरुष, वडा नं २९ मा १ जना पुरुष, वडा नं ३३ मा २ जना पुरुष तथा कास्कीको  माछापुुच्छ्रे गाँउपालिकाको वडा नं ४ मा १ जना महिलामा संक्रमण देखिएको डा. शर्माले जनाउनुभएको छ ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नं १ मा १ जनामा महिला र १ जना पुरुष, स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ मा १ जना महिला र ४ जना पुरुष, पर्वतको कुश्मा नगरपालिकाको वडा नं २ मा १ जना महिला, वडा नं ९ मा १ जना पुरुष, नवलपुरको कावासोती नगरपालिकाको वडा नं १६ मा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं ३ मा १ जना महिला, वडा नं ५ मा १ जना पुरुष, वडा नं १४ मा ३ जना महिला र ४ जना पुरुष तथा बडिगाड गाँउपालिकाको वडा नं ५ मा १ जना महिलामा संक्रमण देखिएको छ ।

आइतबार ८१ जना थप भएपछि प्रदेशमा संक्रमितको संख्या १७ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा २९ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार चार सय ४४ पुगेको छ । प्रदेशमा कोरोनाका कारण हालसम्म २०७ जनाले ज्यान गुमाएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button