पोखरामा ४५ सहित गण्डकीमा थपिए ६६ कोरोना संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय ७ जनाको कोरोना परिक्षण गर्दा थप ६६ जनामा कारोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थप संक्रमित मध्ये सबैभन्दा बढी कास्कीमा ४६ जना रहेकाछन् । कास्कीको पोखरा महानगरपालिकामा ४५ जना र माछापुच्छ्रे गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै थप संक्रमितमा तनहुँका ६ जना, पर्वत र स्याङजाका ४, ४ जना रहेकाछन् । त्यसैगरी नवलपुरका २ जना र गोरखा, बाग्लुङ, म्याग्दी तथा लमजुङका एक, एक जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १७ हजार २ सय ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभरबाट २७ जना कोरोना भाइरस संक्रमण मुक्त भएकाछन् । हाल गण्डकीमा कोरोनाका ५ सय ५२ जना सक्रिय केश छन् ।

पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा १६ का ६६ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button