पोखराका २३ सहित गण्डकीमा थपिए ३२ कोरोना संक्रमित

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा पोखराका २३ जना सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक सय ७ जनाको कोरोना परिक्षण गर्दा थप ३२ जनामा कोरोना संक्रमण पुुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मगंलबार थपिएका संक्रमित मध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाका २३ जना रहेकाछन् । त्यसैगरी नवलपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने म्याग्दी र पर्वतका २/२ जनामा संक्रमण देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १७ हजार २ सय ६३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमण मुक्त भएकाछन् । योसँगै प्रदेशभर कोरोना भाइरर संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ । हाल प्रदेशभर ५ सय ६२ जनामा कोरोनाको सक्रिय केस छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गण्डकीमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोरखा भिमसेन नगरपालिका १ का ७९ वर्षीय पुरुषको होमआइसोलेसनमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँमा गत चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै हालसम्म प्रदेशभर कोरोनाका कारण २ सय ९ जनाले न्यान गुमाईसकेकाछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button