कास्कीगण्डकीगोरखातनहुँपर्वतबाग्लुङशिक्षा/स्वास्थ्यसमाचारसमाजस्याङ्जा

पोखरामा ७८ र बागलुङमा ४२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा ७८ जना सहित गण्डकी प्रदेशमा १ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा ७८ जनामा संक्रमण पुष्टि भएको छ भने माछापुच्छ्रे गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नयाँ सक्रमितमा बागलुङका ४२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी स्याङजाका ६ जना, तनहुँका ४ जना, पर्वतका ३ जना र गोरखाका १ जना रहेका छन् ।

योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ६ पुगेको छ । हालसम्म गण्डकी प्रदेशभर कोरोना भाइरर संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button