गायनमा जम्दै ढकाल

पोखरा न्यूज । मनिष ढकाल पछिल्लो समय लोक पप, आधुनिक गीतको क्षेत्रमा स्थापित नाम हो । उहाँका गीतहरु ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’ बजारमा आएका छन् ।

सबैजसो गीत चर्चामा रहन सफल छन् । पछिल्लो पटक बजारमा आएको गीत ‘बटौली’ ले युट्युबमा राम्रो भ्युज बटुलेको छ । उहाँका पाँच नयाँ गीत रेकर्ड भइसकेका छन् भने ‘चुरापोते’, ‘उडूँउडूँ’, ‘तलतल’, ‘यो के भयो’ र ‘केटाभन्दा केटी धेरै’ बोलका गीत बजारमा आउँदै छन् । “अब आउन लागेका गीत पनि उत्तिकै मेहनेत गरी बनाइएको छ”, उहाँ भन्नुहुन्छ, “सबै गीतले दर्शक स्रोताको मन जित्ने विश्वास लिएको छु ।”

ती गीतले २५ वर्षीय ढकालको साङ्गीतिक यात्रालाई अझै फराकिलो बनाउने देखिन्छ । उहाँका गीतमा चर्चित कलाकारले अभिनय तथा शब्दसङ्गीत गर्ने गरेका छन् । केही गीतमा ढकालको आफ्नै अभिनय छ ।

उहाँका सबै गीत एकल स्वरमा आधारित छन् । अब आउने गीत ‘चुरापोते’ मा भने उहाँ र रचना रिमालको स्वर छ । डकाल बाल्यकालदेखि नै गीत, सङ्गीतमा रुचि राख्नुहुन्थ्यो । “ कक्षा २ मा पढ्दा पहिलो पटक स्टेज चढेर गीत गाएको हुँ”, विसं २०७२ मा पहिलो पटक गीत रेकर्ड गरेर औपचारिक रुपमा साङ्गीतक क्षेत्रमा लाग्नुभएका उहाँ भन्नुहुन्छ, “विभिन्न मेला, महोत्सव तथा आइडलमा पनि भाग लिएको छु ।”

अन्य युट्युब च्यानलबाट गीत बजारमा ल्याइने गरे पनि अब आफ्नै व्यक्तिगत च्यानलबाट ल्याउने तयारी रहेको उहाँले बताउनुभयो । ढकाल गीत सङ्गीतका क्षेत्रमा प्रशस्तै सम्भावना रहेको देख्नुहुन्छ । “राम्रो गर्न सके थोरै सिर्जनाबाट पनि चर्चा बटुल्न सकिन्छ”, उहाँले भन्नुभयो, “मेहनेतपूर्वक सिर्जना गरियो भने छिट्टै दर्शक, स्रोताको नजरमा पर्न सकिन्छ ।” उहाँले गीत सङ्गीतका क्षेत्रमा केही विकृति रहेको बताउनुभयो । “ यस क्षेत्रलाई इज्जत र सम्मानजनक पेशाका रुपमा विकास गर्न अग्रज तथा स्थापित कलाकारले विशेष ध्यान पुर्‍याउनुपर्छ”, उहाँले भन्नुभयो ।

ढकाल घरपरिवारकै हौसला र प्रेरणाका कारण साङ्गीतिक क्षेत्रमा आफू प्रवेश गरेको बताउनुहुन्छ । उहाँका बुवा रामप्रसाद सफल उद्योग व्यवसायी हुनुहुन्छ । “मलाई गायक बनाउने बुवाको ठूलो चाहना थियो”, उहाँ भन्नुहुन्छ, “बुवाको सपना साकार पार्न पाएकामा निकै खुशी छु ।” उहाँले अझै थुप्रै मेहनेत गरी स्थापित कलाकार बन्ने आफ्नो इच्छा रहेको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button