पर्वतमा सुतेको ठाँउमा व्यक्ति मृत फेला

पोखरा न्यूज । बेलुका खाना खाएर सुतेका एक जना व्यक्ति पवर्तमा मृत अवस्थामा भेटिएका छन् । पर्वत जिल्लाको मोदी गाँउपालिका वडा नं २ मा रहेको नेत्र माध्यमिक विद्यालय देउपुरको सभा हल निर्माण गर्ने मजदुरको हिजो मृत्यु भएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार बाँके जिल्लाको चिसापानी नगरपालिका वडा न ४ का ५० वर्षीय गणेश घर्ती सुतेको ठाँउमा मृत भेटिएका हुन् ।

स्कूलको पुरानो भवनमा सुतेका घर्ती बिहान नउठेपछि साथी गएर हेर्दा मृत अवस्थामा भेटेको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button