कला / साहित्यगण्डकीलमजुङसमाचार

लमजुङमा खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

पोखरा न्यूज । वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा लमजुङमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेँसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले ठाडो भाकाका लागि पुरुष र महिला तीन तीनजना सहभागी भई विपरीतलिङ्गी समूहसँग १० टुक्का गाउनुपर्नेछ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेँसीको भगवान् आधारभूत विद्यालयमा आयोजना गरिने कार्यक्रमको प्रवद्र्धन दोर्दी गाउँपालिकाले गरेको छ । कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका ‘नर्मदा स्मृति’ पुरस्कारबाट लोक संस्कृतिकर्मी कृष्ण कँडेललाई सम्मान गरिने भएको छ ।

प्रतियोगिताका लागि ठाडोभाकातर्फ १५ समूह र बाघचालतर्फ ३५ जनाले नाम दर्ता गरिसकेको अध्यक्ष पहाडीले बताउनुभयो । ठाडोभाकातर्फ ९० टोलीको सहभागिता रहनेछ ।

ठाडोभाकातर्फ प्रथमलाई रु २५, दोस्रोलाई रु १५ र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिने तथा सहभागी समूहलाई बाटो खर्चस्वरुप रु तीन तीन हजार प्रदान गरिने छ । बाघचालतर्फ प्रथमलाई रु सात हजार, दोस्रोलाई रु चार हजार र सान्त्वना दुई जनालाई रु दुई दुई हजार पुरस्कार छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका संरक्षक दुरा र सदस्य दुराले ठाडो भाकाका केही टुक्का गाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button