पोखरामा थपिए ५५ कोरोना संक्रमित, गण्डकीभर ८० जनामा पुष्टि

पोखरा न्यूज । कास्कीको पोखरा महानगरपालिकामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइनोस्टिक प्रा.लि. न्युरोडमा गरिएको परिक्षणमा थप ५५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ सक्रमित मध्ये सबैभन्दा बढी पोखराकाे वडा न ८ मा महिला र पुरुषगरी ९ जना र पोखराकाे वडा न‌ १७ मा ७ जना रहेका छन् भने बाँकी अन्य वडाका रहेका छन् । योसँगै पोखरासहित कास्कीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ६३ पुगेको छ । हालसम्म कास्कीमा ८ हजार ३ सय ७ जना कोरोना मुक्त भएकाछन् । कास्कीमा मात्रै कोरोनाका कारण १ सय १८ जनाको हालसम्म ज्यान गएको छ ।

विहिबार पोखराका ५५ सहित गण्डकी प्रदेशमा थप ८० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये म्याग्दीका ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपरासी पूर्वमा ५ जना, स्याङजाका ४ जना, पर्वतका ३ जना तथा लमजुङ र तनहुँका एक, एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ८८ पुगेको छ । हालसम्म प्रदेशमा १६ हजार ५ सय ३१ जना निको भएकाछन् भने १ सय ११ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button