मिस ग्रेस पोखराको उपाधि आकांक्षालाई

पोखरा न्यूज सम्वाददाता । मिस ग्रेस पोखरा २०२१ को उपाधि आकांक्षा विश्वकर्माले जित्नुभएको छ । अन्तिम प्रतिष्पर्धामा पुगेका ७ जना प्रतियोगी मध्येबाट उहाँले उपाधि चुम्न सफल हुनुभएको हो । उपाधिसँगै उहाँँले नगद ५० हजारको साथमा चितवन होलीडे प्याकेज तथा म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउनुभयो ।

प्रतियोगीतामा फस्ट रनरअप सपना कार्की र सकेन्ड रनर अप भुमिका सुवेदी बन्नुभयो । कार्कीले नगद २५ हजार रुपैयाँ र सुवेदीले १० हजार रुपैयाँ हात पार्नुभयो । फाइनल प्रतिष्पर्धामा पुग्नेमा सम्झौता ढकाल, निकिता भुजेल, नोमिका पुन मगर, अनिषा पौडेल हुनुहुन्थ्यो । उहाँहरुले समेत फरक–फरक विधाका सव–टाइटल पाउनुभयो ।

प्रतियोगिताको निर्णायकमा चलचित्र पत्रकार संघ कास्कीका सचिव प्रभु अधिकारी सहित मनिष ओस्ता र किशोर परियार रहनुभएको थियो । वियोण्ड इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगीताको कोरयिोग्राफरको भुमिका सागर आचार्यले निभाउनुभएको थियो ।

फाइनल प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि भगत कुमार श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव केसी लगायतले पुरस्कार वितरण गर्नुभयो ।

अडिसनमार्फत छानिएका प्रतियोगीलाई विभिन्न तालिम प्रदान गरेर अन्तिम प्रतिष्पर्धामा उतारिएको कार्यक्रम संयोजक डिजे सस्पोइजनले जानकारी दिनुभयो । फाइनल प्रतियोगिताको आर्कषणमा डिजे सेसन र अनन्त राईको गायत प्रस्तुति समेत रहेको थियो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button