मोटरसाइकल भिरबाट खस्दा पोखराका युवक गम्भीर घाइते

पाेखरा न्यूज । मोटरसाइकल भिरबाट खस्दा एक युवक गम्भीर घाइते भएका छन् ।

आज दिउसो सवा एक बजे मुस्ताङको थासाङ गाँउपालिका वडा न‌ ४ स्थित काभ्रेभिरमा मोटरसाइकल दुर्घटना हुँदा कास्कीको पोखरा महानगरपालिका वडा नं २७ का ३८ वर्षीय  शिवहरि पौडेल  गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  ।

म्याग्दीको बेनीबाट जोमसोम जाँदै गरेको ग १८प १५७५ नम्बरको मोटरसाइकल भिरबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई लेते स्वास्थ्य चौकी मुस्ताङ पठाइएको छ  । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको  प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button