पोखरामा ६४ जना सहित प्रदेशमा ८६ जनालाई कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशका जिल्लाहरुमा आज ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्दशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा मात्रै ६४जनालाई संक्रमण देखिएको छ ।

त्यसैगरी प्रदेशका अन्य जिल्लाहरु तनहुँमा ६ जना, गोखरामा ५ जना, स्याङ्जामा ४ जना,  बाग्लुङमा ३ जना, म्याग्दीमा २ जना र पर्वतमा २ जनालाई संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमितहरुलाई आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button