मोटरसाइकल दुर्घटनामा पोखराका युवाको मृत्यु

पोखरा न्यूज । मोटरसाइकल भीरबाट खस्दा पोखराका एक युवाको ज्यान  गएको छ ।

शुक्रबार दिउसो सवा एक बजे मुस्ताङको थासाङ गाँउपालिका ४ काभ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट खस्दा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनीबाट ग १८प १५७५ नम्बरको मोटरसाइकलमा जोमसोम तर्फ जाँदै गरेका पोखरा २५ हेम्जाका ३८ वर्षीय शिवहरि पौडेलको दुर्घटना परी मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख, डिएसपी नविनकृष्ण भण्डारीले बताउनुभयो ।

डिएसपी भण्डारीका अनुसार मोटरसाइकलबाट अन्दाजी १५० मिटर तल कालिगण्डकी खोंचमा खसेका पौडेललाई घाँसा स्वास्थ्य चौकीको टोलीले मृत घोषणा गरेको हो ।

पौडेलको शवको पोष्टमार्टम गरी शनिबार आफन्तलाई जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button