प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा धरहराको उद्घाटन

पोखरा न्यूज सम्वाददाता । भुकम्पबाट क्षतिग्रस्त पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको छ ।

शनिबार एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि धरहराको ऐतिहासिक धरहराको समुद्घाटन गर्नुभएको हो । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पवृष्टी गर्नुभएको थियो । २०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गर्नुभएको थियो ।

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलन्यास गरिएको पुनर्निर्मित धरहराको शनिबार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो । धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव मणिराम गेलालले धरहरा निर्माण एउटा रुपान्तरण पनि भएको बताउनुभयो । यसअघि धरहरा ऐतिहासिक पहिचानका रुपमा चिनिएकोमा अब भने पहिचान सहितको स्पेसबाट प्लेस बनाएकोले सामाजिक रुपान्तरण पनि भएको बताउनुभयो ।

९० सालको महाभुकम्पनले क्षति पुर्याएपछि ११ तले धरहरा ९ तलामा सिमिति भएको थियो । त्यसपछि ९ तलामा नै सिमित राखेर पुर्ननिर्माण गरिएको थियो । तर अहिले भने बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाइएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङको पनि व्यवस्था छ । धरहराको पुर्ननिर्माणमा मैलिकताको सम्बद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button