कलाकार महासंघ गण्डकीको अध्यक्षमा शंकर विरही गुरुङ

पोखरा न्यूज सम्वाददाता । आदिवासी जनजाति कलाकार महासंघ गण्डकीको अध्यक्षमा शंकर विरही गुरुङ चयन हुनुभएको छ । पोखरामा आयोजित आदिवासी जनजाति कलाकारको प्रथम गण्डकी प्रदेशस्तरीय बृहत भेलाले लोक दोहोरी कलाकार गुरुङलाई नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य हुनुहून्छ । गुरुङसँग राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष भएर काम गरेको अनुभव समेत छ ।

कुल २५ सदस्यीय समिति रहने संस्थाको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा करण तामाङ, दित्तीय उपाध्यक्षमा सरिता सारु मगर, महिला उपाध्यक्षमा दुर्गा गुरुङ चयन हुनुभएको छ ।

महासचिवको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको अध्यक्ष समेत रहनुभएका सुरेन्द्र गुरूङले पाउनुभएको छ । यसैगरी सचिवमा टस गुरुङ, महिला सचिवमा ज्योति गुरुङ, कोषाध्यक्षमा दिलु लामा र सहकोषाध्यक्षमा बसन्ती थापा मगर चुनिनुभएको छ ।

संस्थाको कार्यसमिति सदस्यमा सविना गुरुङ , विमल जिसी, गुप्त गुरुङ , रविना गुरुङ, प्रशान्त तामाङ , कुमारी बुढा मगर, निश्चल थापा, बत्ती थापा मगर, रमा राना, सनम तामाङ, चिना थापा मगर, संगिता गुरुङ , पृथ्वी भुजेल, सन गुरुङ र रेणु रेलामे मगर हुनुहुन्छ ।

छरिएर रहेका आदिवासी जनजाति कलाकारलाइ एकिकृत गर्दै समिति गठन गरिएको हो । तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर संघ कास्की अध्यक्ष संगिता पुन, नेपाल तामाङ घेदुङ केन्द्रीय सचिबालय सदस्य दिपक तामाङ, किरात सेवा समाज कास्की अध्यक्ष लोकेन्द्र राई, नेपाल हेल्मो समाज कास्की सचिव पुर्ण लामा, गुरुङ फिल्म एशोसिएशन नेपाल जिफान अध्यक्ष भोज बहादुर गुरुङ, वरिष्ठ लोक गायिका माया गुरुङ, बरिष्ठ कलाकार कृष्ण कुमार गुरुङ सहभागी हुनुहन्थ्यो ।

भेला आयोजक समितिको संयोजक सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत करण तामाङ तथा सञ्चालन शंकर विरही गुरुङले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button