पोखरामा आइतबार थप १०६ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा आइतबार थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कुल ३०१ जनामा गरिएको परीक्षणमा पोखरा महानगरका १०६ सहित मादी गाउँपालिका एक जना र अन्नपूर्ण गाउँपालिकाका ७ जना गरी कास्कीका ११४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

निर्देशनालयका अनुसार आइतबार तनहुँ जिल्लामा १०, नवलपुरमा ७, स्याङ्गजामा ३, पर्वतमा १, बागलुङमा २२ र म्याग्दीमा ६ जना गरी प्रदेशका थप  १६३ जनामा कोरोना पुष्टि भएको हो । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ७ सय ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६ जना निको भएसंगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ४६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाका कारण हालसम्म २११ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button