पोखरा न्यूज , वीरेन्द्र सापकोटा । आज मितिः २०७८–वैशाख–१३, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको २६, २०२१, चैत्र शुक्ल पक्ष, सम्वत्सरः राक्षस ।
तिथिः चतुर्दशी घ.प.२२ः४ (१६ः५०), नक्षत्रः चित्रा, योगः वरी यान, करणः भद्रा, आनन्दादी योग ः मुद्गर
चन्द्रमाः कन्या, सूर्यः मेष, अयनः उत्तरायण
सूर्योदयः ५ः३१
सूर्यास्तः १८ः३४
आजको राशिफलः
मेष. तपाईँको आजको दिन तपाईँको पक्षमा रहेको देखिँदैन । आफन्त तथा साथीभाइले साथ नदिँदा झैझगडाको सम्भावना बढेको देखिन्छ । आज तपाईँले धेरै ठाउँमा सतर्कता अपनाउनुपर्ने हुन्छ । खर्च बढेर जाने योग रहेको छ । आज तपाईँलाई मानसिक चिन्ताले सताउनेछ ।
वृष. तपाईँको आजको दिन राम्रो रहेको छ । बोलीको प्रभाव बढेर जानेछ । सुमधुर यात्राको सम्भावना पनि रहेको छ । गरेका कामहरू सहजै पुरा गर्न सक्ने योग रहेको छ । आर्थिक कारोबारहरू बढेर जाने देखिन्छ । समग्रमा आजको दिन सुखपूर्वक बित्ने देखिन्छ ।
मिथुन. धार्मिक कार्यमा मन जानेछ । सन्तानको साथले सबै कामकारबाही सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । अरूको मन जित्ने योग रहेको छ । धनार्जनको बाटो खुलेकाले थोरै विचार गर्नुभयो भने अवसरहरू प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ ।
कर्कट. तपाइको आजको दिनले तपाइलाई साथ दिने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । नयाँ–नयाँ कामहरूको सुरुवात हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । थोरै परिश्रम र विचार गरेर काम गर्नुभयो भने जस्तोसुकै कठिन अवस्थालाई पनि सहज पार गर्नुहुनेछ ।
सिंह. तपाइले आज धोका मात्र पाउने योग रहेको छ । विवादास्पद काममा हात हाल्न पुग्दा समस्या देखिनेछ । चिन्ता बढ्ने भएकाले सतर्कता र सोच विवेक अपनाउनुपर्ने देखिन्छ । यात्राको अवसर प्राप्त भए पनि खर्च ज्यादा हुने देखिन्छ ।
कन्या. तपाइको आजको दिन उत्कृष्ट रहेको छ । मान–सम्मान प्राप्त गर्नुका साथै मिष्टान्न भोजनको योग रहेको छ । अर्थोपार्जनको मार्ग खुलेको छ । गरेका र आँटेका काम सबै सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ ।
तुला. जागिरमा सफलता मिल्दा पदोन्नतिको सम्भावना पनि उत्तिकै रहेको छ । नाम र दाम कमाउने योग रहेको छ । अध्ययनमा रुचि जानेछ । आजको दिन तपाईँको लागि खुलेको छ । आफन्त र इष्टमित्रको सहयोग पाउनुहुनेछ ।
वृश्चिक. राम्रा समाचार सुन्न पाइनेछ । गतिशीलताका साथ गरिएको कार्यले पूर्णता पाउनेछ । मनले इच्छाएका कुराहरू पुग्ने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । साथीभाइको सहयोग मिल्नेछ । धर्म–कर्ममा मन जानेछ ।
धनु. मानसिक चिन्ताले सताउनेछ । मन द्विविधामा जाँदा गरेका कार्यहरू सफल नहुन पनि सक्छ । अध्ययनमा सोचेजस्तो प्रगति नहुने देखिन्छ । आत्मबल कमजोर हुने समय भएकाले थोरै भए पनि आँट बढाउनुपर्ने देखिन्छ ।
मकर. जीवनशैलीमा सुधार आउने देखिन्छ । चिताएको कामकारबाही सहजै पुरा हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । एकत्रित कार्यले सफलता मिल्ने देखिन्छ । व्यापारबाट राम्रो अर्थोपार्जन हुने योग रहेको छ ।
कुम्भ. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । कृषि कार्यले साथ दिनेछ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतहरू खुलेका छन् । अध्ययनमा मन जानेछ ।
मीन. चिन्ता बढ्नेछ । खर्चको मात्रा बढ्ने समय भएकाले विचार पु¥याउनुहोला । दुर्घटनाको समय रहेको छ । मानसिक दोधार बढ्ने भएकाले काम गर्दा सचेत अपनाउनुपर्नेछ । अरू व्यक्तिले नगरिएको कामकारबाहीमा फसाउन सक्नेछन् ।