सेभेन ए साइडको उपाधिसँगै भिमकाली क्लबको दशक पछिको खुशी

पोखरा न्यूज । कास्की जिल्लाको पोखरा महानगरपालिका–१ बगरमा क्रियाशील भिमकाली क्बलले दशकपछि सेभेन ए साइड फुटबल प्रतियोगितामा उपाधि जितेको छ ।

सत्य युवा क्लब बाँझापाटनले आयोजना गरेको ‘प्रथम बि–१३ खुला सेभेन ए साइड’ फुटबल प्रतियोगितामा संगम क्लबलाई हराउदै भिमकालीले उपाधि रक्षा गरेको हो ।

माछापोखरी खेलमैदानमा आइतबार भएको फाइनल खेलमा र भिमकालीले संगमलाई ३–१ गोल अन्तरले पराजित गर्दै पुनरागमन गरेको हो ।

भीमकालीको जीतमा समीर कार्की, जोर्डन गुरुङ र अतिरिक्त गुरुङ सुमित श्रेष्ठले समान १÷१ गोलको योगदान दिनुभएको थियो भने संगमको तर्फबाट क्षितिज जिटीले सान्त्वना १ गोल फर्काएका सफल हुनुभएको थियो ।

उक्त खेलबाट भिमकालीका जोर्डन गुरुङ म्यान अफ द म्याच घोषित हुँदै ५ हजार सहित पुरस्कृत बन्नभयो ।

प्रतियोगिताबाट च्याम्पियन बनेको भिमकालीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ३५ हजार प्राप्त गर्याे । उपविजेता बनेको संगमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८५ हजार हात पार्याे ।
सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडिका रुपमा भिमकालीका समीर कार्की ट्रफी सहित नगद रु ७ हजारबाट पुरस्कृत बन्नुभयो । यसैगरी विधागततर्फ उत्कृष्ट गोलरक्षकका रुपमा सोही क्लबकै करण गुरुङ, उत्कृष्ट डिफेण्डरका रुपमा भिमकालीकै कप्तान अञ्जन देवकोटा, उत्कृष्ट प्रशिक्षकका रुपमा सोही क्लबकै सुमन गुरुङ घोषित हुदै जनही ५ हजार प्राप्त गर्नुभएको थियो भने उत्कृष्ट मिडफिल्डरका रुपमा संगमका टंक गुरुङ पुरस्कृत बन्नुभयो ।

‘प्रथम बि–१३ खुला सेभेन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि जितेसँगै भिमकाली क्लबले पुनरागमन थालेको क्लबका सल्लाहकार प्रकाश गुरुङले बताउनु भयो ।
उहाँले पछिल्लो समय सामाजिक क्रियाकलापमा सक्रिय हुदै आएको बताउदै दशकपछि पोखराको सेभेन ए साइड फुटबलमा उपाधि जित्नुले खेल क्षेत्रमा पनि पुनरागमन गरेको सन्देश प्रवाह गरेको बताउनु भयो । ‘हाम्रो क्लबले दशकपछि इतिहासमा उपाधि रक्षा गरेको छ, गुरुङले भन्नुभयो, ‘पोखराको राम्रो क्लब संगमलाई पराजित गर्नु सहज थिएन । दश वर्ष पछि हारको स्वाद फिर्ता गरेका छौ हामी अत्यन्तै खुशी छौ । र आगामी दिनमा भिमकाली निरन्तर सामाजिक काम र खेलको विकासमा लाग्ने छौ ।’

विगत दश वर्षअघि संगम क्लबले विजयपुर कपमा भिमकाली क्लबलाई फाईनलमा पराजित गरेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button