पोखरामा ३ सहित आज प्रदेशमा ४ जना कोरोना संक्रमितहरुको मृत्यु

पोखरा न्यूज । आज गण्डकी प्रदेशका ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा कास्कीका १ जना महिला र १ जना पुरुष, स्याङ्जाका १ जना पुरुष र म्याग्दीका १ जना पुरुष रहेका छन् ।

आज मृत्यु भएका सबै संक्रमितहरुको पाेखरा र पाल्पाका अस्पतालहरुमा उपचारका क्रममा निधन भएको हो ।

पोखरा –२५ का ९१ वर्षीय पुरुषको बिहान पौन ६ बजे मेडिप्लस अस्पताल पोखरामा निधन भएको छ ।

त्यस्तैगरी पोखरा– १ की ५५ वर्षीय महिलाको आज दिउसो १ बजे निधन भएको छ । उहाँको पनि मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो ।

स्याङ्जाकाे वालिङ– १२ का ५८ वर्षीय पुरुषकाे  लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा आज निधन भएको छ ।

म्याग्दीकाे रघुगंगा गाँउपालिका– ३ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा आज बिहान सवा ३ बजे निधन भएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button