मेडिकल इमरजेन्सी लागू गरी लकडाउन गर्न चिकित्सककाे सुझाव

पोखरा न्यूज सम्वाददाता । नेपाल चिकित्सक संघले अस्पतालहरुमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाई कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।

संघको सोमबार बसेको बैठकले अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी न्यून भइरहेकोले दरबन्दी तत्काल थप गर्न र अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेडको अभाव हुन नदिन कार्यक्रम बनाई कार्यान्वयन गर्न सुझाव दिएको हो । यस्तै कोभिड र ननकोभिड बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल तोक्न पनि माग गरेको छ । अहिले भइरहेका अस्पतालहरुमा विरामी भरिएकाले बेड अभाव भइसकेको अवस्थामा अन्य विरामीलाई अत्यावस्यक भएको बेलामा मात्रै अस्पतालमा जाने व्यवस्था मिलाउन पनि संघले सुझाव दिएको छ । संक्रमितको संख्या धेरै भएका ठाउँमा मेडिकल इमरजेन्सी लागू गरी लकडाउन गर्न पनि सुझाव दिएको छ ।

संघले चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि बीमाको व्यवस्था सहित उपचारको ज्ञारेन्टी लिन पनि माग गरेको छ । यस्तै नागरिकलाई सामाजिक दुरी, मास्क र सेनिटाइजरको राम्रोसँग प्रयोग गर्न पनि अनुरोध गरेको छ । भिडभाडमा नजान र घर बाहिर ननिस्कन पनि अपील गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button