कास्कीमा वैशाख १५ बाट लागु हुने गरी निषेधाज्ञा जारी : के गर्ने, के नगर्ने ?

पोखरा न्यूज । कास्की जिल्लामा वैशाख १५ गतेबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको छ ।

जिल्लामा नयाँ भेरिएन्टसहितको  कोरोना भाइरसको संक्रमण फैलिँदै गएको भन्दै कास्की प्रशासनले  वैशाख १५ गते बिहान ६ बजेबाट वैशाख २१  गते राति २१ बजे सम्म निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले उक्त अवधिभर  अत्याश्यक कामवाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभाजुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको  छ ।

जिल्ला भित्र संचालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुबाहक सार्वजनिक तथा निजि सवारीसाधनहरुमा सो अवधिभर जोरबिजोर प्रणाली लागु भएको प्रशासनले जनाएको छ । जोरबिजोर प्रणाली अन्तर्गत जोर दिनमा जोर नम्बरका सवारीसाधन र बिजोर दिनमा बिजोर नम्बरका सवारीसाधन संचालन हुनेछन ।

प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घन्टा खुला रहने  तथा  उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरु  बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र  सञ्चालन गर्न भनेको छ ।  डिपार्टमेन्टल स्टोर्स, सपिङ मल र ठूला स्टोरहरु सञ्चालनमा रोक लगाइएको छ । होटेल तथा रेस्टुरेन्टमा टेक अवे सेवा मात्र सञ्चालन हुने गरी  बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने दैनिक सेवा, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन गर्न सक्ने भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button