आजको राशिफल : वैशाख १४ गते मंगलबार

पोखरा न्यूज , वीरेन्द्र सापकोटा । आज मितिः २०७८–वैशाख–१४, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको २७, २०२१, चैत्रशुक्लपक्ष, सम्वत्सरः राक्षस ।

तिथिः पूर्णिमा घ.प.११ः८ (९ः५७), नक्षत्रः स्वाति, योगः सिद्ध, करणः बालव, आनन्दादी योग : ध्वज

चन्द्रमाः तुला, सूर्यः मेष, अयनः उत्तरायण

सूर्योदयः ५ः३०

सूर्यास्तः १८ः३५

आजको राशिफलः

मेष. आजको तपाईको दिन राम्रो रहेको छ । मन सुविचारले आउँदा कामहरु सफलताका साथ सम्पन्न छ । आफन्तले सहयोगको हात बढाउनेछन् । मित्रता गाँसिने दिन रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । मन खुसिपूर्वक बिताउन सक्ने योग रहेको छ ।

वृष. तपाईको दिन मध्यम तवरमा व्यतित हुनेछ । अपजस पाउने दिन रहेको छ। नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । दुर्घटना हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्नेछ योग रहेको छ । काममा व्यवधान हुने देखिन्छ । आज तपाईको मान–सम्मानमा आँच आउने भएकाले सतर्क हुनुहोला ।

मिथुन. मानसम्मान प्राप्त हुने दिन रहेको छ । गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ–नयाँ कार्यको थालनी हुनेछ । आफन्तले सहयोग गर्दा मन प्रफुल्लता बढ्नेछ । सन्तोष गरेर नै दिन व्यतित हुनेछ ।

कर्कट. आजको दिनमा गरेका कार्यमा व्यवधान आउने सम्भावना रहेको छ । मान सम्मानमा आँच पुग्ने सम्भावना रहेको छ । आलस्यताका हुनुका साथै पढाइमा मन जाने देखिदैन । मन भने स्थिरभावना रहने देखिदैन ।

सिंह. आज तपाईको लागि राम्रो रहेको छ । आफन्त तथा इष्टमित्रको सहयोगबाट नै अधुरा कामहरु बन्नेछन् । मनमा हौसला बढ्ने देखिन्छ । बोलिमा प्रभाव बढ्नेछ । नयाँ कार्य थालनी गर्दा राम्रो हुने देखिन्छ ।

कन्या. तपाईको लागि आज त्यति राम्रो देखिदैन । गरेका काममा चनाखो नभएको खण्डमा अरुले बिगार्दिने सम्भावना रहेको छ । आफन्तबाटै धोकाको सम्भावना रहेकोले सतर्क हुनु नै बेश देखिन्छ । अध्ययनमा सोचेजति प्रगति नहुने हुँदा मनमा चोटको महशुस हुनेछ । आज तपाईले सतर्क भएर काम गनुपर्ने देखिन्छ ।

तुला. तपाईको आजको दिन सोचे अनुसार बित्नेछ । मान सम्मान पाउने योग देखिन्छ भने मिष्ठान्न भोजनको प्रबल सम्भावना रहेको छ । सुमधुरपूर्ण यात्राको अवसर आउनेछ । आँटेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । लक्ष्मीप्राप्तिको सम्भावना रहेको छ । समग्रमा दिन उत्कृष्ट तवरले व्यतित हुने देखिन्छ ।

वृश्चिक. तपाईको दिन राम्रो रहेको छ । यश, कीर्ति बढेर जानेछ । काममा मन जाने देखिन्छ । साथिभाइबाट साथ र सहयोग पाउने योग रहेको छ । आनन्दपूर्वक नै दिन बित्नेछ । स्वास्थ्यले तपाईको साथ दिनेछ । मन स्थिर हुनेछ । आँटेका काम पुरा हुनेछन् ।

धनु. नयाँ ठाउँको भ्रमण हुनेछ । नयाँ–नयाँ साथिभाइसँगको भेटले आफन्तपनको न्यानो माया बढेर जानेछ । घाटामा रहेका आर्थिक क्षेत्रबाट सफलता प्राप्त गरिने योग रहेको छ । मन प्रसन्नताको बाटोमा जानेछ । अध्ययन–अध्यापनमा सोचेजस्तै सफलता प्राप्त गर्ने संयोग रहेको छ ।

मकर. तपाईको दिन मध्यम रहेको छ । अधुरा काम कारबाहीले सुचारु हुने मौका पाउनेछन् । स्वास्थ्यमा क्रमिक सुधार आउनेछ । घटेको मान –सम्मान प्राप्त गर्ने सुयोग रहेको छ । काम गर्दा विचार गर्नुभयो भने दिन सन्तोषपूर्वक नै बित्नेछ । आलस्यतापनले भने छाड्नेछैन ।

कुम्भ. सन्तानको पूर्ण साथ मिल्नेछ । आज गरेको काममा सफलता मिल्नेछ । परिवारमा सुख प्राप्ति हुनेछ । बोलिमा प्रभाव बढेर जानेछ । सुखद यात्राको प्रवल सम्भावना रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।

मीन. आजको दिन तपाईका लागि सतर्कपूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ काममा हात नहालेकै बुद्धिमानी ठहरिनेछ । नयाँ व्यवसायिक क्षेत्र तथा आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्तिको मात्र बढेर जानेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button