पोखरामा १ पुरुष र गोरखामा १ महिलाको कोरोना संक्रमणबाट मृत्यु

पोखरा न्यूज । पोखरामा एक जना पुरुषकाे हिजाे राति र गाेरखामा एक जना महिलाकाे आज कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषको हिजो बेलुका सवा ११ बजे उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार उहाँको मेडिप्लस अस्पताल पोखरामा हिजो बेलुका निधन भएको हो ।

उहाँमा कोभिड निमोनियाको समस्या रहेको थियो । बैशाख ८ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको जनाइएकाे छ ।

त्यसैगरी गोरखा पालुङटार नगरपालिका–५ की एक महिलाको कोरोना संक्रमणका कारण आज उपचारको क्रममा निधन भएको छ ।

६७ वर्षीय महिलालाई हिजो कोरोना संक्रमण पुष्टि भएको प्रदेश निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button